खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने सरकारको योजना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने सरकारको योजना

women in sports

काठमाडौं, २९ जेठ । सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान नै संचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियान नै संचालन गर्न लागिएको जानकारी दिए ।

याे अभियानले नेपाली समाजको सर्वाङगिण विकासमा महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रपति खेलकुद महिला सहभागितामा वृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले यस्ताे बताएका हुन् ।

यसै कार्यक्रममा बाेल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढि भन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियान नै संचालन गर्न लागिएको बताए । त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको उनकाे भनाइ छ ।

 सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्व उचाईमा पु-याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको स्पष्ट पारे । अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);