खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान सञ्चालन हुने

keshavkumar bista

काठमाडौं, २९ जेठ । सरकारले खेलकुदमा महिला सहभागिता बढाउन देशभर अभियान नै सञ्चालन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको सहभागिता बढाउन सबै जिल्लामा अभियाननै सञ्चालन गर्न लागिएको बताए । त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधिसमेत तय गरिसकेको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियानले नेपाली समाजको सर्वाङगीन विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);