म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

ander herera-man united-totthn

एजेन्सी, ९ बैशाख । टोटनह्यामलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले फाइनलमा स्थान बनाएको हो ।

योसँगै म्यानचेस्टर युनाइटेड २० औं पटक एफए कपको फाइनलमा पुगेको हो । म्यानचेस्टर युनाइटेडले एफए कपमा सबैभन्दा बढी पटक फाइनलमा स्थान बनाउने रेकर्ड बराबरी गरेको छ ।

खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले जित हात पारेको हो । खेलमा टोटेनह्यामले ११ औं मिनेटमा गोल गरेर अग्रता लिएकामा म्यानचेस्टर युनाइटेडका लागि एलेक्सिस सान्चेजले २४ औं मिनेटमा बराबरी गोल फर्काए भने एन्डर हेरेराले ६२ औं मिनेटमा निर्णायक गोल गरे ।

म्यानचेस्टरले युनाइटेडले उपाधिका लागि चेल्सी र साउथह्याम्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । चेल्सी र साउथह्याम्टनबीचको दोस्रो सेमिफाइनल आज हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);