आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्सको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्सको दोस्रो जित

एजेन्सी। साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए भने कप्तान डेभिड वार्नरले ३६, विजय शंकरले २८, विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३÷३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४०, केइरन पोलार्डले अविजित ३५, कप्तान रोहित शर्माले ३२, इशान किशन १२ र सुर्य कुमार यादवले १० रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २÷२ विकेट लिए ।

जितसँगै मुम्बईले ३ खेलमा ४ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);