आईपीएल: बैंगलोरद्वारा पञ्जाव चार विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

आईपीएल: बैंगलोरद्वारा पञ्जाव चार विकेटले पराजित

rcb

एजेन्सी, १ बैशाख । रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलेभन पञ्जाबलाई चार विकेटले पराजित गर्दै आईपीएल सिजन ११ मा जीतको सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबको टीमले १९.२ ओभरमा १५५ रन बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रेको आरसीबीले १९.३ ओभरमा १५६ रनको लक्ष्य पुरा गर्यो ।

बैंगलोरका लागि एबी डिभिलियर्सले ४० बलमा ५७ रन बनाए जसमा चार छक्का र दुई चौका पनि सामेल छन् । क्विन्टन डी ककले ३४ बलमा सात चौका र एक छक्काको मद्दतमा ४५ रन बनाए । मन्दीप सिंहले १९ बलमा २१ रन बनाए । जसमा एक चौका पनि सामेल छ । विराट कोहलीले १६ बलमा चार चौकाको सहयोगमा २१ रन बनाउन सफल भए ।

टस हारेर पहिले ब्याटिङमा उत्रेको पञ्जाबको टिमको स्कोर रोक्ने क्रममा तीन विकेट लिएका आरसीबीका तीब्र गतिका बल उमेश यादवको अहम योगदान रह्यो । उनले चार रन भित्रमा पाहुन टोलीका तीन ब्याट्सम्यानलाई आउट गरे ।

बैंगोलरका लागि उमेशका अलावा क्रिस भोक्स, कुलवन्त खेजोरोलिया, वाशिंगटन सुन्दरले २/२ विकेट लिए । युजवेन्द्र चहलले एक विकेट लिए ।

पञ्जाबका लागि मयङ्क अग्रवाल (१५) र लोकेश राहुलले पहिलो विकेटका लागि ३.१ ओभरमा ३२ रन जोडे । तर चार रनभित्र तीन विकेट झरेपछि पञ्जाव लड्खडायो ।

पञ्जावका लागि लोकेश राहुलले ३० बलमा दुई चौका र चार छक्काको सहयोगमा ४७ रन बनाए । मार्कस स्टोइनस (११) लाई वाशिंगटन सुन्दरले पेभेलियन पठाए । कप्तान रविचन्द्रन अश्विनले २१ बलमा ३३ रनको योगदान दिए ।

ताजा समाचार