एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एलपीएलमा एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढी । धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएल–५ अन्तर्गत बुधबार अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन् । प्रतियोगितामा दुई खेल खेलेका दुवै टीमले अपराजित यात्रा कायम गरेका छन् ।

बुधबार सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सैनिक आवासीय महाविद्यालयले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । 

सैनिकका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाएका थिए । एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले २/२ विकेट लगेका थिए । 

सैनिकले दिएको १ सय ४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । एभरेस्टका लागि रिततक थापाले ४२ रन बनाएका थिए । सैनिक आवासीयका लागि आकाश चन्दले दुई तथा खड बोहरा र गौतम केसीले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एभरेष्टका गोविन्द बिस्ट भए ।

यसैगरी बुधबार नै सम्पन्न दोश्रो खेलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गरेको छ ।  टस जितेर पहिला ब्याटिङ गरेको विद्याभूषण १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटिन पुगेको थियो । उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए । सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लगेका थिए । 

जितका लागि १२२ रनको लक्षय पच्छ्याएको सत्यवतीले १६ ओभरमा जीत हाशिल गरेको हो । सत्यवतीलाई सहजै जित दिलाउने क्रममा यु–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रनको योगदान दिए । 

विद्याभूषणका लागि शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच सत्यवतीका सन्तोष कार्की भए । प्रतियोगिता विजेता टोलीले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);