चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

चितवनले भैरहवालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा प्रतियोगितामाअन्तर्गत पहिलो खेलमा चितवनले भैरहवालाई एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनाएको हो । 

चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रनको बनाए । यस्तै, मोहम्मद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन बनाए । 

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यस्तै, कुशल मल्ल दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान एक–एक  विकेट लिए ।

चितवन क्वालिफायर भइसकेको छ । चितवन चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);