एसियन कप छनोटको लागि राष्ट्रिय महिला टोलीको घोषणा, ७ खेलाडी डेब्यू गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एसियन कप छनोटको लागि राष्ट्रिय महिला टोलीको घोषणा, ७ खेलाडी डेब्यू गर्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसिया कप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन् । जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राई सहित, निशा थोकर, रजनी थोकर, रश्मि घिसिङ, सविता राना, विमला बिक र सृजना सिंह रहेका छन् ।

अन्य खेलाडी भने पुरानै अनुहार छन् । यसपटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन् । यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोली बाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गरेकी स्ट्राइकर साबित्रा भण्डारी साम्बासमेत टोली बाहिर छिन् ।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ । यसअघि खेल नेपालमा हुने भनिए पनि कोरोना महामारीका कारण उज्वेकिस्तानमा सरेको छ ।

नेपाली टोली :

गोलरक्षक: अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ ।

डिफेण्डर: अमृता जैशी, बिमल बिक, गिता राई, हिरा कुमारी भुजेल, निशा थोकर, पुजा राना, पुनम जर्घा मगर, सृजना सिंह ।

मिडफिल्डर: अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, प्रिती राई, रजनी थोकर, रेनुका नगरकोटी, सविता राना ।

स्ट्राइकर: अनिता केसी, विमला चौधरी, इन्दिरा राई, रश्मि घिरिङ, सरु लिम्बु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);