राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो ।

जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ ।

नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् ।

जर्सीको डिजाइनको विजेता आदर्शले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यसअघि क्यानले सार्वजनिक गरेको जर्सीमा क्यान पदाधिकारीबाटै विरोध भएपछि जर्सी छनोट खुल्ला गरिएको थियो । जसमा ५०० बढी डिजाइन आवेदन आएको थियो ।

जर्सीको अन्तिम टुंगो लगाउनका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो ।

आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ । डिजाइन फाइनल भएपछि उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);