ला लिगामा साविक बिजेता एटलेटिको मड्रिडको लगातार दोस्रो जीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

ला लिगामा साविक बिजेता एटलेटिको मड्रिडको लगातार दोस्रो जीत

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एटलेटिको मड्रिडले लगातार दोस्रो जीत निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा इल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै एटलेटिकोले लगातार दोस्रो जित दर्ता गरेको हो । एटलेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले ३९ औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितसँगै एटलेटिकोले २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एटलेटिकोले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

ताजा समाचार