नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी गर्दै

एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको छ । क्यानले सोमबार क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको जनाएको छ ।

समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । प्रायोजकबाट रहेका सदस्यको नाम खुलाईएको छैन । क्यानले तयार गरेको समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ र क्यानको बोर्डमा पेश गर्नेछ ।

क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ ।क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो ।क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजकमा ई सेकेन्ड टिचर (एमएसटी) ले दुई साता अघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो ।

क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको समेत जनाएको छ ।उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप एक लाख पाउने छन् ।नेपालले जुलाईमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग स्पेनमा एकदिवसीय सिरिज खेल्दैछ ।उक्त सिरिजमा नयाँ जर्सी प्रयोग हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);