स्वार्थ बाझिने गरी क्यानको महाप्रवन्धक नियुक्ति भएको भन्दै असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

स्वार्थ बाझिने गरी क्यानको महाप्रवन्धक नियुक्ति भएको भन्दै असन्तुष्टि

काठमाडौं,२६ पुस । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्ति गलत प्रक्रियाबाट भएको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ । असन्तुष्ट पक्षका नवराज कोईरालाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । कोईराला पनि सो नियुक्त प्रक्रियाका क्रममा प्रतिष्पर्धीका रूपमा सहभागी हुनुभएको थियो । तर सो पदमा नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इस्ट्रेस्ट’ (स्वार्थ बाझिने किसिम) बाट भएको कोईरालाले आरोप लगाउनु भयो । महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए । उक्त नियुक्ति ७२ घण्टाभित्र नसच्याए क्यान र क्यान सचिव पारस खड्काबिरुद्ध सर्वोच्च अदालत जाने धम्की दिनुभयो ।

असन्तुष्ट कोईरालाले बलियो नेपालमा रहेका सदस्यले नै नियक्ति पाउँदा उनलाई छनोट गर्ने व्यक्तिमध्ये दुई जना नै सोही संस्थाको सदस्य रहेको सार्वजनिक गर्नुभयो । क्यानका सचिव पारस खड्का, पोखरेल दुवै बलियो नेपालको संस्थापक रहेको र त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै महाप्रवन्धकका लागि छनोट गरिएको उहाँको आरोप छ । क्यानले सोमवार उत्सव ढुंगानालाई महाप्रवन्धकमा नियुक्त गरेको थियो । कोईरालाले सो संस्थामा काम गरेको यसअघि नै सार्वजनिक भइरहेको थियो । बलियो नेपालको सहकार्यमा पारसले नै बलियो कप क्रिकेट गर्दैै आएका थिए । त्यसैले कोईरालाले महाप्रवन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताउनु भयो । असन्तुष्ट कोईरालाले शनिवारको दिन सरकारी संस्था क्यानको महाप्रवन्धक पदको अन्तर्वार्ता लाजिम्पटको होटलमा किन ? क्यानको कार्यालय छैन ? कार्यालय खुल्ने दिन किन नलिएको ? लगायत प्रश्न गरेका छन् । उनले महाप्रवन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो र जुन प्रश्नबाट महाप्रवन्धक कसरी छनोट हुन्छ ? भन्दै कोईरालाले प्रतिप्रश्न गर्नुभयो ।

कुल ६१ आवेदनबाट सर्ट लिस्ट गरी अन्तर्वार्ता लिएर क्यानले ढुंगानालाई नियुक्त गरेको थियो । ६ महिनाअघि जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो । तर, नियुक्ति भएपछि पनि विवादमा परेको छ ।

क्यानले महाप्रवन्धक लागि दोस्रो पटक आवेदन माग गरेको थियो । क्यानमा नयाँ नेतृत्व आएसँगै पुरानो प्रक्रियाबाट छनोट भएकालाई रद्द गरेको थियो । तर, त्यो विवादमा परेपछि पुरानोसहित कुल ६८ जनाले महाप्रवन्धकका लागि आवेदन दिएका थिए । त्योमध्ये सर्ट लिस्टमा १४ जना परेको र अन्तर्वार्तामा सात जनालाई बोलाएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);