युरोकप फुटबलमा सोमबार रातीदुई खेल हुदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

युरोकप फुटबलमा सोमबार रातीदुई खेल हुदैँ

एजेन्सी । १६औँ संस्करणको युरोकप फुटबलमा सोमबार रातीदुई खेल हुदैँछ । सोमबार राती नेपाली समय अनुसार १२ः ४५बजे दुइप्रतिष्पर्धा हुदैँछ । दुइखेलमध्यमा समुह ‘बी‘ अन्र्तगतफिन्ल्यान्ड र बेल्जियमबीच खेल हुदैँछ । फिन्ल्यान्ड र बेल्जियमबीचहुने सो खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा हुदैँछ । आजबेल्जियमलगातार तेस्रो जीतको खोजिमाहुनेछ ।

बेल्जियमभने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । पहिलो खेलमाबेल्जियमले रुसलाई ३–० ले हराएको थियो भने दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाइ २ – १ ले हराएको थियो । शतप्रतिशतगोलगर्दै बेल्जियम समुहविजेताबन्दै अन्तिम १६ को यात्रा तय गर्ने लक्ष्यमाहुनेछ भने यताअर्को टिम फिन्ल्यान्डले पनि बेल्जियमलाइ हराएर अन्तिम १६ मापुग्न चाहन्छ ।

समुह ‘बी’अन्र्तगतकै अर्को खेल सोही समयमा रसिया र डेनमार्कबीच कोपनहेगनको पार्कन स्टेडियममाहुदैँछ । यस खेलमा रुस विजयीभए डेनमार्क स्वतःप्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनेछ । त्यस्तै, यो खेल बराबरीमा टुंगिए पनि डेनमार्कको यात्रा समाप्तहुनेछ ।

तर, कोपेनहेगनमाजितनिकाल्न सके आयोजक टोलीको दोस्रो चरण पुग्ने सम्भावनाखुल्नेछ । यद्यपी, यो खेलको नतिजालाई बेल्जियम र फिनल्यान्डबीचको नतिजासँगजोडेर हेर्नुपर्ने हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);