व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने होटल अन्नपूर्णका कर्मचारीहरुको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने होटल अन्नपूर्णका कर्मचारीहरुको चेतावनी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कोरोना कालमा आफूहरुलाई न्यूनतम तलव समेत उपलब्ध गराउन नसकेको भन्दै बुधबार होटल परिसरमा विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अवस्था आएको प्रतिक्रिया दिएका हुन् ।

उनीहरुले सरकारले कोरोना कालमा दिने भनेको न्यूनतम मासिक पारिश्रमिक ५ हजार समेत विगत २ वर्षयता नदिएको भन्दै होटल व्यवस्थापनविरुद्ध चर्का नाराबाजी लगाएका छन् ।

होटल व्यवस्थापनले होटल एशोसिएन अफ नेपाल (हान) सँग सहमति गरे अनुसारको न्यूनतम तलब समेत उपलब्ध नगराएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको होटल अन्नपूर्ण आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए ।

होटल अन्नपूर्णमा करिव २ सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलव समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रर्दशनमा उत्रनु पर्ने अवस्था आएको कर्मचारीको भनाई छ ।

उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दवाव दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);