बिहीबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउँछ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बिहीबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म मन्त्रीपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग मंगलबार विहान पनि मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा लामो छलफल गरिएको बताए ।

मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि संचारकर्मीमाझ कुराकानी गर्दै उनले सबै निर्वाचन आधारभूत रुपमा सम्पन्न भईसकेको उल्लेख गर्दै मुलुक अब स्थिरता र विकासको नयाँ लडाईमा प्रवेश गरेको बताए ।

उनले राष्ट्रपतिसहित सबै तहको निर्वाचन सम्पन्न हुनु सिंगो देशकै निम्ति खुसीको कुरा भएको प्रतिक्रिया दिए । अध्यक्ष दाहालले यो वर्ष चुनावी वर्षको रुपमा इतिहासमै दर्ज भएको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);