सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश

राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश दिएको छ ।

rastriya suchana aayog

काठमाडौं, ५ चैत । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश दिएको छ ।

पत्रकार तारानाथ दाहालले स्थानीय निकायबाट सूचना नपाएको भन्दै आयोगमा गरेको पुनरावेदनमा निर्णय गर्दै सबै स्थानीय तहलाई सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गरी सूचना उपलब्ध गराउन आदेश दिएको हो ।

आयोगको प्रादेशिक संरचना नभएकाले केन्द्रबाट नै सूचना दिनु भनि आदेशसहितको पत्राचार गरेको प्रवक्ता योशोदा तिम्लिसनाले जानकारी दिए । आयोगमा विशेष गरी ठेक्का पट्टा, आर्थिक हिसाबकिताब, स्वास्थ्यलगायत विषयमा सुचना नपाएको भन्दै पुनरावेदन पर्ने गरेको छ ।

ताजा समाचार