सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश

राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश दिएको छ ।

rastriya suchana aayog

काठमाडौं, ५ चैत । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी ऐन २०६४ को कार्यान्वयन गर्न सबै स्थानीय निकायलाई आदेश दिएको छ ।

पत्रकार तारानाथ दाहालले स्थानीय निकायबाट सूचना नपाएको भन्दै आयोगमा गरेको पुनरावेदनमा निर्णय गर्दै सबै स्थानीय तहलाई सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गरी सूचना उपलब्ध गराउन आदेश दिएको हो ।

आयोगको प्रादेशिक संरचना नभएकाले केन्द्रबाट नै सूचना दिनु भनि आदेशसहितको पत्राचार गरेको प्रवक्ता योशोदा तिम्लिसनाले जानकारी दिए । आयोगमा विशेष गरी ठेक्का पट्टा, आर्थिक हिसाबकिताब, स्वास्थ्यलगायत विषयमा सुचना नपाएको भन्दै पुनरावेदन पर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);