राष्ट्रिय सूचना आयोगको १० औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

राष्ट्रिय सूचना आयोगको १० औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो

rastriya suchana aayog

काठमाडौं, २३ बैशाख । राष्ट्रिय सूचना आयोगको १० औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

दिवसका अबसरमा आईतबार काठमाडौमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौको अनामनगरदेखि सुरु भएको र्याली बिभिन्न स्थान हुदै पुन अनामनगरस्थीत आयोगको कार्यालय पुगी कोणसभामा परिणत भएको थियो । आयोगले सूचना हाम्रो अधिकार सुशासन र बिकासको आधार भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो ।

कोणसभालाई सम्बोधन गर्दै आयोगका आयुक्त किरण पोखरेलले संविधान र कानुनले प्रत्येक सार्वजनिक निकायबाट सूचना माग्ने र पाउने अधिकारलाई मौलिक हकमै व्यवस्था गरेको अवस्थामा त्यसबारे जनता र सर्वसाधारणमा जागरण फैलाउनुपर्नेमा जोड दिए । प्रभातफेरीमा आयोगका आयुक्त, कर्मचारी, सूचनाको हकका अभियानकर्मी र पत्रकारको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);