गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत

rastriya suchana aayog

काठमाडौं, २२ बैशाख । राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ ।  राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराउनु भएको हो ।

आईतबार आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति पनि जनाउनु भयो ।

आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गरेको छ । सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैशाख २२ गते राष्ट्रिय सूचना आयोगको गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);