'टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्नलाई हो, व्यक्तिगत फोन ट्याप गर्न होइन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्नलाई हो, व्यक्तिगत फोन ट्याप गर्न होइन’

काठमाडौं, २२ असोज । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बद्मासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत फोन ट्याप नगर्ने बताउनुभएको छ ।

आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)ले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप नगर्ने बताउनुभएको हो । उहाँले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बद्मासी भएको छ भन्ने विषय रोक्नको लागि टेरामक्स आवश्यकता परेको बताउनु भयो। उहाँले टेलिमकको डेटा प्रयोग भए नभएरको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खाजेको बताउनु भयो । उहाँले टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको बताउनु भयो । उहाँले टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो की भएन भनेर टोटलमा हेर्ने भएकोले व्यक्तिगत डेटा दुरुपयोग हुन नसक्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ टेलिकम सेक्टरमा २०७४/०७५,सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च गरौं । त्यसपछि ४०० गुणा बढी डेटा प्रयोग भएको छ । फोर जी लन्च भन्दा पहिला प्रयोग गर्ने डेटा भन्दा अहिले ४०० गुणा बढी टेलिकमले डेटा प्रयोग गरेको छ । त्यसले फोनको पैसा,एसएमएसको पैसा घटेको छ ,छैन । सिम बिक्री बढेको छ । तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजश्व घटेको छ । यही वेसमा गयो भने नेपालको टेलिकमिनी केशन कोल्याप्स हुन सक्छ । घाटामा कसैले व्यापार गदैन । प्राधिकरणले अहिलेसम्म टेलिकमबाट प्रयोग भएको डेटा एक–एक जनाबाट हेरिएको छ । तर टेलिकमले डेटा नदिने,रियल टाइममा डेटा आवश्यक भएको बेला कर्मचारी आएको हुँदैन । प्राधिकरणले हरेक डेटा मेनुयल रुपमा गरेर हुँदैन भनेर टेरामक्स जडान गर्न लागेको हो । टेलिकमको डेटा प्रयोग भएर पनि ठगि भएको विषयलाई रोक्न टेरामक्स आवश्यक भएको हो । टेरामक्समा फोन ट्यापिङ हुने एक्सिस छैन । टेरामक्सले व्यक्तिगत डेटा क्याप्चर गदैन । टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो की भएन । जम्मा माक्समा हेर्ने भएको भएर व्यक्तिगत डेटा दुरुपयोग हुने भन्ने हुँदैन ।’

उहाँले टेलिकम सेक्टरमा २०७४/०७५,सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएको बताउनु भयो । उहाँले फोर जी सेवा बिस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको बताउनु भयो । उहाँले त्यसबिचमा फोनको पैसा,एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजश्व घटेको दाबी गर्नुभयो । उहाँले यसरी टेलिकमको राजश्व घट्दै जाने हो भने नेपालको टेलिकम्न्युकेसन कोल्याप्स हुनसक्ने जिकिर गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);