टेरामक्स खरिद प्रकरणमा नाम जोडिएपछि ज्ञानेन्द्र कार्कीले भने– कुनै प्रतिक्रिया छैन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

टेरामक्स खरिद प्रकरणमा नाम जोडिएपछि ज्ञानेन्द्र कार्कीले भने– कुनै प्रतिक्रिया छैन्

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताउनुभएको हो । उहाँले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताउनु भयो । उहाँले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन । र तपाईहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु । केही कुरा भए म पछि तपाईहरुसँग कुरा गर्नेछु । तपाई अनुसन्धान गर्नुस् जानुस् ।’ ‘तपाईप्रति किन अफवाह फैलाइयो त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वमन्त्री कार्कीले त्यसमा तपाई आफैँ अनुसन्धान गर्नुस् भन्ने जवाफ फर्काउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);