'टेरामक्स खरिदको आशय र उद्देश्य स्पष्ट छैन्,प्रक्रिया रोक्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

‘टेरामक्स खरिदको आशय र उद्देश्य स्पष्ट छैन्,प्रक्रिया रोक्नुपर्छ’

lekha samiti-ncell labhkar

काठमाडौं,१२ पुस । टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सांसदहरुले खरिद प्रक्रिया रोक्न माग गरेका छन् । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको धारणा व्यक्त गरेका हुन् । उनीहरुले यसको खरिद प्रक्रिया रोक्न माग समेत गरेका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्स खरिदको आशय र उद्देश्य स्पष्ट नभएको बताउनु भयो । उहाँले यसको सबै प्रक्रियाहरुमा आशंका गर्ने आधारहरु प्रशस्त भएको बताउनु भयो । उहाँले नियामक निकाय दूरसञ्चार प्राधिरण नै टेरामक्स किन्न तयार हुनुले आशंका उब्जाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘स्पष्ट रुपमा देखाएको छ यसको आशय र उद्देश्य स्पष्ट छैन । आशंका गर्ने प्रशस्त आधार छ । निर्णय नभइकन, स्पष्टकारी नीति नभइकन पुरक बजेट दिँदाखेरीको मन्त्री को हुनुहुन्थ्यो ? किन दिनुभयो उहाँले ? त्यहाँ प्रश्न उठ्छ त्यसको छानविन गर्न पनि । अहिले नेशनल एजेन्ट को हुनुहुन्छ ? त्यो बेलाको मन्त्रीसँग के सम्बन्ध थियो ? कल डिटेल्सका लागि चाहिने आधारभुत इन्फरमेशन त हाम्रो आफ्नै टेलिकम सर्भिस प्रोभाइडर कम्पनीसँग छ भन्ने कुरा उहाँहरुले जानकारी गराउनुहुन्छ । हामीसँग चाहिने कुरा छ भने हाम्रो अदालतले जुन कुराले हामीलाई अधिकार दिएको छैन त्यो कुरामा पनि हामी किन लालायित भइरहेका छौँ त्यो कुराहरु किन्नका लागि ? नियामक निकायहरुले नियम बनाउने, त्यसको वातावरण बनाउने, त्यसको लागि अन्तर्राष्ट्रिय स्तरमा कस्तो अभ्यास भइरहेको छ त्यो अनुसार हाम्रो स्ट्याण्डर्ड बढाउने कि आफैँ सामानहरु किन्ने ?’

नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले टेरामक्स प्रकरणको छानविन गर्न विज्ञ सम्मिलित छानविन समिति बनाउन सकिने धारणा राख्नुभयो । उहाँले टेरामक्स खरिद सम्झौता मन्त्रालयले समितिलाई दिनुपर्ने माग राख्नुभयो । लेबनानबाट खरिद गरेर साइप्रसमा पैसा तिर्नुपर्ने सम्झौता भएको भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘समितिको क्षमताले खरिद प्रक्रियाको विषयमा टुंगो लगाउन सक्दैन भने विज्ञहरु सम्मिलित छानविन समिति बनाए हुन्छ । सम्झौतापत्र चाहीँ कहाँ छ ? मेरो विचारमा यो आवश्यक छैन । मन्त्रालयले त्यो कपि समितिलाई उपलब्ध गराउनुपर्छ । विदेशीसँग किनिएको नेपाली रुपैयाँमा तिर्ने भनिएको छ । लेबनानमा खरिद गर्ने पेमेन्ट साइप्रसमा गर्ने भनिएको छ ।’

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले टेरामक्स बेकारको प्रविधि भएको टिप्पणी गर्नुभयो । उहाँले लेवनान आफैँ असहज परिस्थितिमा रहेको भन्दै लेवनानबाट प्रविधि खरिद गर्ने सम्बन्धमा प्रश्न उठाउनु भयो । खरिदबिक्री अपारदर्शी भएको उहाँको भनाई छ ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले टेरामक्स खरिद प्रक्रिया कानुनसम्मत नभएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतको व्याख्या विपरित प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले कानून नबनाइकन टेरामक्ससँग सम्बन्धित कुनै प्रक्रिया अगाडी बढाउनु नहुने बताउनु भयो । उहाँले अन्य समितिहरुले लेखा समितिको क्षेत्राधिकार मिचेका पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘टेरामक्स खरिदका लागि जुन तरिकाले प्राधिकरण अगाडी बढेको छ, कानुनसम्मत् छैन । सर्वोच्च अदालतको व्याख्याको विपरित छ । यस्तो संवेदनशिल विषयमा कानून नबनाइ किन अगाडी बढियो ? कानून नबनि यसलाई अगाडी बढाउनु हुँदैन । जबसम्म कानून बन्दैन तबसम्म टेरामक्स कुनैपनि लागू हुँदैन । तुरुन्त रोक्नुपर्छ । लेखा समितिलाई पंगु बनाउने काम भएको छ । लेखा समिति अगाडी बढेको काममा अरु समिति अगाडी बढेको छ । दूरसञ्चार प्राधिकरण खुफिया एजेन्सी होइन ।’

 

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टेरामक्स प्रकरणमा पैसाको लेनदेन अपारदर्शी भएको बताउनु भयो । उहाँले यो प्रकरणमा माफियाहरुले अख्तियार, अदालत र समितिलाई घुमाउने गरेको र उनीहरुले नै यो काम गर्ने गरेको बताउनु भयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद प्रेम आलेले नेपालमा टेरामक्स नचाहिएको बताउनु भयो । उहाँले यसको आवश्यकता नपरेको भन्दै खरिद प्रक्रिया यथास्थितिमा रोक्न माग गर्नुभयो । उहाँले छानविन समिति बनाएर छानविन गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा टेरामक्स चाहिएकै छैन । सर्वोच्च अदालतले रोक्दारोक्दै अगाडी बढाइएको छ । भन्सार सम्म दूरसञ्चार प्राधिकरण आफैँले ति¥यो । यो आवश्यक छैन । यथास्थितिमा रोकौँ । राज्यलाई कंगाल बनाउने काम गर्नेसँग बोलाएर अन्तरक्रिया गरौँ । छानविन समिति पनि गठन गरौँ ।’

 

उहाँले यसको प्रक्रियामा संलग्नहरुलाई समिति बैठकमा बोलाएर छलफल गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);