आक्रमणका योजनाकारलाई कडा कारबाही गर्ने राष्ट्रपति निकोलास चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २३ , काठमाण्डौँ । भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोले भलेन्सिया नगरको सेनाको अखडामा गरिएको आक्रमणका योजनाकारलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रपति मदुरोले आइतबार भलेन्सिया नगरको सेनाको अखडामा आक्रमणपछि पक्राउ परेका संदिग्ध व्यक्तिहरुमाथि कडा कारबाहीको चेतावनी दिनुभएको हो । आक्रमणमा एकजना पूर्व सैनिक र बाँकी गैरसैनिक संलग्न भएको हुनसक्ने राष्ट्रपति मदुरोको आशंका छ । आक्रमणमा संलग्न एक व्यक्ति घाइते भएका छन् । दुई जना आक्रमणका बेला मारिएका थिए । हतियारधारी अर्को समूह भने आक्रमण लगत्तै भाग्न सफल भएको थियो । आक्रमणमा संलग्न भनिएका ७ संदिग्ध व्यक्तिहरुलाई घटनबारे सोधपुछ भइरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजबिन तीव्र बनाइएको बताइएको छ ।
मडुरो नेतृत्वको सरकारविरुद्ध भेनेजुयलामा भएको प्रदर्शनमा अप्रिल लागेयता मात्र १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);