अफगानिस्तानको सारीपुल प्रान्तमा चरमपन्थी आक्रमण, ५० सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन २३ , काठमाण्डौँ । अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ ।

चरमपन्थीहरुले सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई निशाना बनाइ गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको हो । मृत्यु हुनेमा महिला र बालबालिकासमेत छन् । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाएको र नजिकका घरमा आगोसमेत लगाइदिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थीहरुले महिला र बालबालिकासहितका सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन गरेको भन्दैै आक्रमणको निन्दा गर्नुभएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);