दक्षिण कोरियाले वार्ताको लागि गरेको प्रस्ताव उत्तर कोरियाद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

साउन २३ , काठमाण्डौँ । दक्षिण कोरियाले वार्ताको लागि गरेको प्रस्ताव उत्तर कोरियाले अस्वीकार गरेको छ ।

फिलिपिन्सको मनिलामा भएको क्षेत्रीय सुरक्षा बैठकको क्रममा दक्षिण कोरियाका विदेशमन्त्री काङ क्युङ हाले वार्ताको लागि गरेको प्रस्ताव उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अस्वीकार गर्नुभएको हो । दक्षिण कोरियाले भेटबारे पुष्टि गर्दै वार्ताको लागि अह्वान गरेको जनाएको छ । उत्तर कोरियाले भने वार्ताको औचित्य नरहेको भन्दै प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।

यसअघि चीनका बिदेशमन्त्री वाङ यीले पनि उत्तर कोरियाली समकक्षीसँग भेटवार्ता गर्नुभएको थियो । केही समययता कोरियाली प्रायद्विपमा तनाव बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);