दक्षिण पूर्वी एसियन गेम्सको मिति नजिकिएसँगै मलेसियामा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २४ , काठमाण्डौँ । मलेसियामा सुरक्षाकर्मीले आतंकवादविरुद्ध चलाएको अभियानका क्रममा चार सयभन्दा बढी मानिस पक्राउ परेका छन् ।

मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा चलाइएको अभियानका क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्यृत गर्दै बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वी एसियन गेम्स हुँदैछ । यसले गर्दा सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);