कुन्दुज प्रान्तको सुरक्षा चौकीमा तालिबानीको आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कुन्दुज प्रान्तको सुरक्षा चौकीमा तालिबानीको आक्रमण

एजेन्सी,२९ कार्तिक। अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानको आक्रमणबाट १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिबानहरुले गरेको आक्रमणमा परी सुरक्षाकर्मीको मृत्यु गएको हो ।

कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षाचौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

अक्रमणबाट १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुईजना सुरक्षाकर्मी सो जाँचचौकीबाट घर जानेक्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर, यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);