अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनलाई चीनको बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनलाई चीनको बधाई

एजेन्सी, २८ कार्तिक । चीनले अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनलाई ढिला गरी बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले शुक्रबार बधाई दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको थिएन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार पत्रकार सममेलन गरेर राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिनु भएको हो । उहाँले अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्दै बाइडेन र ह्यारिसलाई बधाई दिनुभयो ।

साथै वाङले चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुने विश्वास पनि व्यक्त गर्नुभयो । यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले बाइडेनलाई बधाई नदिनुका कारणबारे धेरै प्रकारका आकलन गर्दै विभिन्न टिका टिप्पणी गरपछि यो विषय अन्तर्राष्ट्रिय चासो बनेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);