बेलायतको ट्युब बम विस्फोट, आतंकवादी संगठन आइएस आइएसले लियो जिम्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एजेन्सी, ३१ भदौ । बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको बेलायतका प्रहरीले सर्तकता अपनाउन निर्देशन दिएको छ ।

बेलायतको राजधानी लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको तीब्ररुपमा खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर र संवेदनशील बनेको बताएकी छन् ।

घटनाको जिम्मा इस्लामिक स्टेट आइएसले अधिकारीहरु बताउछन् ।

बेलायतमा देशभर अहिले एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको र सेनालाई पनि सहयोगका लागि आग्रह गरिएको प्रहरी अधिकारीले बताएका छन् ।

दक्षिण पश्चिम लण्डनको पार्सन्स ग्रिन स्टेसनमा भएको ट्युब बम विस्फोटनमा २९ जना घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);