जम्मू–कश्मीर आक्रमण प्रकरण : एक आतंककारीको घरमा बम विस्फोट, अर्कोको डोजरले भत्काइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

जम्मू–कश्मीर आक्रमण प्रकरण : एक आतंककारीको घरमा बम विस्फोट, अर्कोको डोजरले भत्काइयो

बैशाख १२ शुक्रबार ।
भारतको अनन्तनागको बिजबेहरास्थित गोरी क्षेत्रमा रहेको पहलगाम आक्रमणमा संलग्न स्थानीय आतंककारी आदिल हुसेन ठोकरको घरमा सुरक्षा बलले बम विस्फोट गराएको छ ।

आदिल ठोकर उर्फ ​​आदिल गुरीको रूपमा पहिचान गरिएको आतंककारीलाई पहलगामको बैसरन उपत्यकामा मंगलबार भएको आक्रमणको योजना बनाउनुका साथै कार्यान्वयन गरेको आरोप लगाइएको छ ।

यस्तै आक्रमणमा संलग्न अर्का आतंककारी आसिफ शेखको घर जम्मू–कश्मीर प्रशासनले भत्काएको छ । सेनाको स्रोतका अनुसार चार लश्कर–ए–तैयबा एलईटीआतंककारीको समूह, स्टीलका गोलीहरू, एके–४७ राइफलहरू र शरीरमा क्यामेरा लगाएका आक्रमणकारीले मंगलबार जम्मू–कश्मीरको पहलगाममा हिन्दू पर्यटकहरूलाई लक्षित गरी गोली हानेका थिए ।

आतंकवादी हमलामा २६ जनाले ज्यान गुमाएका छन् । आतंककारीहरूमा दुई स्थानीय पनि रहेको जनाइएको छ । स्रोतका अनुसार आतंककारीमा बिजबेहराका आदिल हुसेन ठोकर र त्रालका आसिफ शेख रहेका छन् । सैन्य स्रोतका अनुसार आदिल २०१८ मा अटारी–वाघा सीमा हुँदै वैध रूपमा पाकिस्तान गएका थिए ।

पाकिस्तानमा रहँदा उनले आतंकवादी शिविरमा तालिम लिएर गत वर्ष जम्मू–कश्मीर फर्केका हुन् । पहलगाम आक्रमणका प्रत्यक्षदर्शीले आतंककारीहरू पश्तून भाषामा कुरा गरिरहेको बताए । आक्रमणमा संलग्न सबै आतंककारीहरू पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबाका भएको स्रोतले जोड दिएको छ ।
यद्यपि, द रेजिस्टेन्स फ्रन्टले पनि यस आक्रमणको जिम्मेवारी लिएको छ । उसले टीआरएफ लश्कर–ए–तैयबाको एक अग्रणी आतंकवादी समूह भएको जनाएको छ ।

Leave a Reply

ताजा समाचार