भारतको जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन आजबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतको जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन आजबाट

jammu and kashmir

एजेन्सी, १४ कात्तिक । भारतको जम्मू–कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ ।  भारतीय राष्ट्रपति रामनाथ कोबिदले जम्मू–कश्मीर र लद्दाखलाई २ वटा दुईवटा केन्द्रशासित घोषणा गरिएको राजपत्र बिहीबार जारी गरेपछि यसले औपचारिक मान्यता पाएको हो ।

सरकारले गत अगष्टमा जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता आर्टिकल ३ सय ७० खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिसकेको भएपनि बिहीबारदेखि औपचारिक रुपमा जम्मू–कश्मीर र लद्दाख केन्द्रशासित भूभाग भएका हुन् ।

पहिले जम्मु–कश्मीर राज्यमै रहेको बौद्धमार्गीको बाहुल्य भएको लद्दाख क्षेत्र बिहीवारदेखि छुट्टै एकाइ बनेको भारतीय संचार माध्ययमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);