रेलमा ग्याँस सिलिण्डर बिष्फोट, ६५ को मृत्यु ३० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रेलमा ग्याँस सिलिण्डर बिष्फोट, ६५ को मृत्यु ३० बढी घाइते

एजेन्सी, १४ कात्तिक । पाकिस्तानको कराँची-रावलपिण्डी तेजगाम एक्प्रेस रेलमा ग्याँस सिलिण्डर विस्फोट हुँदा ६५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तको दक्षिणमा पर्ने रहिम यार खान भन्ने ठाउँमा बिहीबार रावलपिण्डी–तेजगाम एक्सप्रेस रेलमा विस्फोट हुँदा ६५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गुडिरहेको रेलमा खाना पकाउन राखिएको ग्याँस सिलिन्डर पड्केर ३ वटा डिब्बामा आगो लागेर भएको उक्त घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । आगोले रेलका ३ वटा डिब्बा जलेर नष्ट भएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);