जापानमा छुरा प्रहारबाट ३ को मृत्यु, १८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जापानमा छुरा प्रहारबाट ३ को मृत्यु, १८ जना घाइते

एजेन्सी, १४ जेठ । जापानको राजधानी टोकियो नजिकैको शहर कावासाकीमा एकजना चक्कुधारीले बस कुरिरहेका स्कुले बालबालिकामाथि आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ । उक्त घटनामा १८ जना घाइते भएका जापानी अधिकारीहरुले जनाएका छन ।

मारिनेमा एक ११ वर्षीय बालिका र एकजना ३९ वर्षे पुरूष रहेका जनाइएको छ । त्यसैगरी आक्रमणकारी ठानिएका ५० वर्षीय ब्यक्तिले आफूलाई पनि घाँटीमा चक्कु रोपेको र उनको पनि मृत्यु भएको जनाइएको छ ।

दुबै हातमा चक्कु बोकेका ती ब्यक्तिले बस कुरिरहेका स्कुले बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । १८ जना घाइते मध्ये १६ जना बालबालिका रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले घटनाको भर्त्सना गरेका छन् । जापान विश्वकै कम हिंसात्मक घटना हुने मुलुकमा पर्छ । बालबालिकाहरू आफैँ विद्यालय जानु जापानमा सामान्य मानिन्छ । तर पछिल्ला वर्षहरूमा चक्कु प्रहार जस्ता हिंसात्मक घटनाहरू भइरहेको जनाइएको छ । सन् २००१ मा ओसाकाको प्राथमिक विद्यालयमा भएको आक्रमणमा ८ जना बालबालिका मारिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);