शहिद सप्ताहको तेश्रो दिन धर्मभक्त माथेमाको सम्झना | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

शहिद सप्ताहको तेश्रो दिन धर्मभक्त माथेमाको सम्झना

sahid

काठमाडौं, १३ माघ । शहिद सप्ताहको तेश्रो दिन शनिबार शहीद धर्मभक्त माथेमाको सम्झना गरिएको छ ।  धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको काठमाण्डौंको सिफलमा आयोजित श्रद्धाञ्जली सभामा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सर्वसाधरणले माथेमाको शालिकमा माल्र्यापण गरि उनको सम्झना गरे ।

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर धर्मभक्त माथेमालाई मृत्युदण्ड दिईएको थियो । सोही स्मृतिमा शनिवार सिफलस्थित उनको शालिकमा श्रद्धाञ्जली सभाको आयोजना गरि योगदानको स्मरण गरिएको हो ।

वि. सं. १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालीन राणा शासकहरुले सरकार विरुद्ध लागेको आरोप लगाउदै मृत्युदण्ड दिएका थिए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा,७ दिनपछि धर्मभक्त माथेमालाई सिफलमा र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिईएको थियो । हरेक बर्ष माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);