संविधान संशोधनका लागि एमाले र माओवादी केन्द्र तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संविधान संशोधनका लागि एमाले र माओवादी केन्द्र तयार

CPN-UML

काठमाडौं, १३ माघ । पार्टी एकीकरणको लक्ष्यसहित गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधनका निम्ति आफूहरु तयार रहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि तयार रहेको भन्दै छलफलका लागि तयार हुन मधेश केन्द्रीत संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुलाई आग्रह गरेका छन् । ओली र दाहालले अलग अलग सार्वजनिक कार्यक्रममार्फत संविधान संशोधनको छलफलका लागि तयार हुन आग्रह गरेका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघले शुक्रबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू कहिल्यै संवधान संशोधनको विपक्षमा नरहेको बताए । नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीले मधेशका जनतालाई समृद्ध, सुखी र अधिकार सम्पन्न बनाउने आफूहरुको कर्तव्य भएको भन्दै संविधान संशोधन गरेर विभेद अन्त्य गर्न आफू तयार रहेको बताए ।

संघीय समाजवादी फोरम र राजपाले संविधान संशोधनको माग पूरा गर्ने दलसँग सहकार्य गर्ने बताइरहेका बेला ओलीको यो भनाइलाई ती दुई दललाई नेपाली कांग्रेसबाट टाढा राख्ने प्रयासका रुपमा लिइएको छ । ओलीले मधेश केन्द्रीत दुई दल वाम गठबन्धनसँग मिल्ने वित्तिकै दुई तिहाइ पुग्ने र संविधान संशोधन हुने बताए । ओलीले जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानमा समेट्न नसकिएका विषयलाई संशोधन मार्फत सम्बोधन गर्न सकिने बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);