कास्कीमा असार १५ गतेसम्म थप लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कास्कीमा असार १५ गतेसम्म थप लकडाउन

पोखरा । कास्कीमा असार १५ गतेसम्म लकडाउन लम्ब्याइएको छ । कोरोना सङ्क्रमण  बढ्दै गएपछि असार ७ गतेसम्म लागू गरिएको लकडाउन १५ गतेसम्म पुयाइएको जिल्ला प्रशासन कार्यालयय कास्कीले जनाएको छ । 

 लकडाउनमा खाद्यान्न पसलहरु बिहान ५ बजेदेखि दिउसो १२ बजेसम्म मात्र खोल्न पाइनेछ । 

यसैगरी व्यवसायहरु खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरू तथा डिपार्टमेन्टल स्टोर ग्रोसरी, पुस्तक पसल र स्टेशनरी पसल लगायत बिहान ५ बजेदेखि दिनको १२ बजेसम्म दैनिक खोल्न दिइने भएको छ ।

यसैगरी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । जसअनुसार निजी सवारी साधनहरू ट्याक्सी र मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने छ ।

निर्माण सेवाका श्रमिक तथा कर्मचारीहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गर्ने प्रवन्ध मिलाइ निर्माण कार्य संचालन गर्नु पर्ने छ ।

प्रशासनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आवश्यक सेवाको लागि सिमित कर्मचारीको उपस्थितिमा कार्यलय संचालन गर्न पाउने छन् । 

यस्तै, अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म संचालन गर्न पाइने भएको भने विवाह, संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटेलमा संचालन गर्न पाइनेछैन ।

लकडाउन मा सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटशल, खेलकूद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमि पुल, व्युटी पार्लर, शैलुनर फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरु नखोल्न तथा संचालनमा रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);