फोरममा विवादः असोज ३ लाई 'कालो दिन' मान्ने कि नमान्ने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

फोरममा विवादः असोज ३ लाई ‘कालो दिन’ मान्ने कि नमान्ने ?

renu-kumari-yadav

काठमाडौं, १३ मंसिर । संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको छ ।

संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो ।

पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषया प्रवेश भएपछि विवाद भएको हो ।

विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् ।

विवाद कार्यसम्पादनको बैठकदेखि केन्द्रीय समितिसम्म पुग्ने भएको छ ।

२ देखि ५ मंसिरमा भएको फोरमको कार्यसम्पादन बैठकमा केन्द्रीय उपाध्यक्ष यादवविरुद्ध केही पदाधिकारीले प्रश्न उठाएका थिए ।

प्रश्न उठेपछि यादवले राजीनामा दिए पनि स्वीकृत भने भएन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);