एटीएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एटीएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ

दाङ । दाङमा प्रहरीले एटीएम मेसिन तोडफोड गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ मंलेरी बस्ने १८ वर्षीय सुवास बिक र सोही वडाका सुन्दर टोल बस्ने १८ वर्षीय प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यही साउन १२ गते घोराही उपमहानगरपालिका १५ शहीदगेट लाइनमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम तोडफोड गरी उनी फरार रहेका थिए ।

उनीहरूलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरु घोराही १५ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);