जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

नितेश कर्ण
पर्सा । जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै पर्साको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा मृतकका आफन्तहरुले तोडफोड गरेका छन् ।

मृतकका परिवार तथा गाउँलेहरुले अस्पतालमा कार्यरत डाक्टर बिजय महतो र नर्स बबिता चाैधरी माथि कुटपिट गरेका छन् भने इमर्जेन्सी कक्षमा भित्र उनीहरुले हो हल्ला गर्नुको साथै सिसा माथि तोडफोड गरेका छन् ।

अस्पतालमा तोडफोड भएको सूचना पाए लगतै प्रहरी अस्पताल मा पुगेको थियो । प्रहरी र प्रदर्शनकारीबीच समेत घम्साघम्सी भएको थियो । प्रहरीले लाठीचार्ज गरेर ४ जना लाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम पक्राउ परेका हुन् ।

डाक्टर मेहतोका अनुसार पहिल्यैदेखि मुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले घर लिएर गएका थिए । तर फेरि १ बजेतिर रमितालाई फेरि संस चलिरहेको छ भन्दै अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);