दाङमा वन मुद्दामा फरार ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाङमा वन मुद्दामा फरार ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले वन मुद्दामा फरार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ रामपुरकी ५० वर्षीया जिबा चौधरी, सोही ठाउँका ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

उनीहरूलाई २०७४ फागुन १४ गते सर्वोच्च अदालतले सामूहिक वन मुद्दामा  जनही १ लाख ३८ हजार ९१७ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनीहरूलाई मंगलबार दिउँसो १ बजे घोराही २ बालापुरमा लुकिछिपी बसेको रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरु आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);