सामूहिक वन मुद्दाका फरार ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सामूहिक वन मुद्दाका फरार ५ जना पक्राउ

दाङ । दाङमा प्रहरीले सामूहिक वन मुद्दामा जरिवाना तोकिएका तर, फरार रहेका ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

२०७४ साल चैत्र १४ गते दाङ देउखुरी जिल्ला अदालतले वन मुद्दामा १ लाख ३८ हजार ९१७ रुपैयाँ ३७ पैसा जरिवाना तोकिएका ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेकाहरूलाई आवश्यक जरिवाना असुलीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);