गण्डकी प्रदेश बन्दले जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकी प्रदेश बन्दले जनजीवन प्रभावित

pokhara

कास्की, २६ असार । प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै तमुवान—मगरात संघर्ष समितिले सोमबार आह्वान गरेको गण्डकी प्रदेश बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेशको नाम गण्डकी राखेसँगै आन्दोलित बनेका समिति आबद्ध समूहले प्रदेश बन्द घोषण गरेका हुन् । प्रदेशको नाम तमुवान—मगरात हुनुपर्ने मागसहित उनीहरू आन्दोलनमा थिए ।

संघीयताको मर्म, राज्य पुनर्संरचनाको आधार र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्न प्रदेशको नाम तमुवान—मगरात राख्नुपर्ने समितिको माग थियो । मागको सुनुवाइ नभएको भन्दै सांकेतिक रूपमा विरोधस्वरूप प्रदेश बन्द गरेको संघर्ष समितिकी संयोजक कर्म तमूले बताइन् । बन्द सफल पार्न पोखराका मुख्य चोकहरूमा बिहानैदेखि आन्दोलनकारीले सवारी आवागमन रोकेका थिए । उनीहरूले सवारीसाधनलाई सम्झाइ–बुझाइ फर्काएका थिए । बन्दको प्रभाव यस क्षेत्रमा आंशिक देखिएको स्थानीयको भनाइ छ । यद्यपि, पोखरामा बिहानैदेखि सार्वजनिक सवारीसाधनहरू चलेनन् भने बाहिरी जिल्ला जाने–आउने सवारीसाधन पनि बन्द रहे ।

अनिश्चितकालीन बन्दको चेतावनी
मागलाई बेवास्ता गरे संघर्ष समिति र आदिवासी जनजाति महासंघले अनिश्चितकालीन बन्द गर्ने चेतावनीसमेत दिएको छ । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोक्का मगरले पहिचानको आन्दोलनलाई देशैभर प्रभावकारी बनाई जनताको जित सुनिश्चित गराउन महासंघ जुट्ने बताए । उनले तमुवान—मगरातका लागि आवश्यक परे युद्धको तयारीमा जुट्ने बताए ।

आन्दोलनमा संघीय समाज फोरम तमुवान—मगरात प्रादेशिक समिति, नयाँ शक्ति पार्टी नेपाल तमुवान प्रदेश समिति, देशभक्त जनगणतान्त्रिक मोर्चाले ऐक्यबद्धता जनाएका थिए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);