थप बलियो बन्ने दाउमा देउवामा, पूराना नेताको यस्तो सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

थप बलियो बन्ने दाउमा देउवामा, पूराना नेताको यस्तो सुझाव

ser bdr

काठमाडौं, २६ असार । कांग्रेस सभापति शेरबहादुर देउवा एकपछि अर्को रणनीति सहित आगामी महासमिति हुँदै १४ औं महाधिवेशनमा अझैं सशक्त बन्ने तयारीमा छन् ।

सो तयारीअनुरुप नै हटौडामा जिल्ला सभापतिहरुको भेलामा सहज अवतरण गराएका देउवाले पछिल्लो समय कांग्रेस महामन्त्री डा.शशांक कोइरालासहित वरिष्ठ नेता समचन्द्र पौडेलसम्मलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् । तर, कांग्रेसका पुराना नेताले भने सभापति देउवालाई पदको स्वार्थका लागि जुवा नखेल्न सुझाएका छन् ।

सोमबार महामन्त्री शशांक कोइरालाको पहलमा नेता नारायण खड्काले राजधानीको लैनचौरमा आयोजित कार्यक्रममा धरापमा पारेर भन्दा जोगाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);