प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता, देउवालाई राम्रो काम गर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता, देउवालाई राम्रो काम गर्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेत माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् । वरिष्ठ नेता नेपालको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेको छलफलमा सहभागी कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

उक्त भेटवार्तामा वरिष्ठ नेता नेपालले सरकारलाई राम्रो काम गर्न सुझाव दिएको बताइएको छ । भेटबारे महामन्त्री खड्काले भने,‘अनौपचारिक रुपमा समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । विश्वासको मतका विषयमा कुनै छलफल भएन ।

वरिष्ठ नेता नेपालले पछि छलफल गर्दै जाउँला भन्नुभयो ।’संविधानको धारा ७६(५) अनुसार सर्वोच्चको आदेशमार्फत प्रधानमन्त्री नियुक्त हुँदा वरिष्ठ नेता नेपाल समूहका २३ जना सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);