ट्रक दुर्घटनामा चार यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्रक दुर्घटनामा चार यात्रु घाइते

accident

नवलपरासी, २६ असार । पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगलमा भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत खरकट्टा जंगलमा रोकिराखेको ना ७ ख २०८० नम्बरको ट्रकमा ठोक्किंदा चार यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमध्ये एक जना भारतीय नागरिक भएको बताइएको छ । घाइते चारैजनाको नवलपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);