विजय उत्सव मनाउन गाउँपालिभर बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

विजय उत्सव मनाउन गाउँपालिभर बिदा

सप्तरी । रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् ।

अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख गरेका छन् । रूपनी गाउँपालिकाको स्थानीय तहको निर्वाचनको परिणाम ८ वैशाखमा आएको थियो । नवनिर्वाचित अध्यक्षले पदभार ग्रहण नगरे पनि बिदाको लागि निर्देशन भने दिएका छन्दि ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);