काँकरभिट्टा नाकाबाट भित्रिने पर्यटकको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

काँकरभिट्टा नाकाबाट भित्रिने पर्यटकको संख्या बढ्यो

झापा, २५ पुष । झापाको काँकरभिट्टा नाकाबाट पैदल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्या बढेको छ ।

भूकम्प र राजनीतिक अस्थिरताका कारण विगतका वर्षमा कम पर्यटक नेपाल आउने गरेका थिए । राजनीतिक अस्थिरता हट्दै गएपछि पर्यटकको संख्या बढेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।काँकरभिट्टा नाका हुँदै ६ वर्षको अवधिमा ४३ हजार ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

कांँकरभिट्टाबाट २०१६ मा ६ हजार दुई सय पाँच जना बिदेशी पर्यटक आएका थिए । सन् २०१७ मा ७ हजार ५ सय २८ जना पर्यटक नेपाल आएका छन् । भुटानबाट एक हजार ६ सय १६ जान , अमेरिकाबाट ८ सय ८२ जना , चीनबाट २ सय ५९ जना, दक्षिण कोरियाबाट ४ सय २० जना, बेलायतबाट २ सय ९६ जना, श्रीलङ्काबाट दुई जना पर्यटक पूर्वी नाकाबाट नेपाल आएको अध्यागमन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अध्यागमन कार्यालय काँकरभिट्टाले २०१७ मा ९५ लाख ८५ हजार ७ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।