पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने पर्यटकको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कञ्चनपुर, २३ असोज । नेपालको पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने पर्यटकको संख्या बढेको छ ।अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार भारतको नयाँ दिल्ली हुँदै गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको हो ।

सन् २०१४ मा एक हजार तीन जना पर्यटक भित्रिएकोमा २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै, २०१६ मा दुई हजार पाँच सय ८२ पर्यटक भित्रिएकोमा २०१७ को सेप्टेम्बरसम्ममा एक हजार ९६ जना भित्रिसकेका छन् ।

कार्यालयका अनुसार धार्मिक स्थल, प्राकृतिक एवं पर्यटकीय क्षेत्रको अध्ययन–अवलोकनका लागि अमेरिका, अस्टे«लिया, बेलायत, जापान, स्पेन, दक्षिण कोरियालगायत मुलुकका नागरिक दिल्ली हुँदै गड्डाचौकीबाट नेपाल भित्रिने गरेका छन् ।

बनबासा पुल खुल्ने समयावधि बढेकाले गड्डाचौकीबाट भित्रिने पर्यटकको संख्या बढेको अध्यागमनको बुझाइ छ । महाकाली नदीमा चौबीसै घण्टा आवतजावतको व्यवस्था मिलाउन सके पर्यटक आगमन अझै बढ्ने कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);