मार्चमा विमानबाट नेपाल भित्रिने पर्यटकको संख्या २८ प्रतिशतले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मार्चमा विमानबाट नेपाल भित्रिने पर्यटकको संख्या २८ प्रतिशतले बढ्यो

काठमाडौं,२० चैत्र । यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटकको संख्या २८ दशमलव नौ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको संख्या २८ हजार सात सय ४१ ले बढेको हो ।

गएको वर्षको मार्चमा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । चिनियाँ पर्यटकको संख्या १२ हजार ९३ छ । बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३, बेलायतबाट सात हजार दुई सय ४१, श्रीलंकाबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल आइसकेका छन् । यो ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।

योसँगै नेपालमा पर्यटक भित्रिने क्रम कारोना शुरु हुनुभन्दा अघिल्लो वर्ष सन् २०१९ को हाराहारीमा पुगेको छ । सन् २०१९ को मार्चमा एक लाख १४ हजार सात सय ७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);