२ महीनामा २ लाखभन्दा बढी पर्यटक | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

२ महीनामा २ लाखभन्दा बढी पर्यटक

paryatak1

काठमाडौं, २९ फागुन । सन् २०१९ को २ महीनामा पर्यटक आगमन उत्साहजनक देखिएको छ । जनवरी र फ्रेबु्रअरी २ महीनामा २ लाख १६ हजार ६ सय १४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार हवाई तथा स्थलमार्ग हुँदै जनवरीमा ९१ हजार ७ सय ९३ जना र फेबु्रअरीमा १ लाख २४ हजार ४ सय २१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस वर्षको जनवरी र फेब्रुअरीमा आएका पर्यटकको संख्या सन् २०१८ को ती २ महीनामा आएका पर्यटकको संख्याभन्दा क्रमशः २५ र ३९ प्रतिशतले बढेको हो । गत वर्षको २ महीनाको तुलनामा भने यस वर्षको २ महीनामा पर्यटक संख्या ३२ प्रतिशतले बढेको देखिन्छ । फेब्रुअरीमा सार्क राष्ट्रबाट ३१ हजार ८ सय ३१ पर्यटक नेपाल आएका छन् । यो संख्या पनि गतवर्षको भन्दा ८५ प्रतिशत बढी हो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);