महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने

chapaiya

काठमाडौं, २९ फागुन । काठमाडौँ महानगरपालिका छेउ-छाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा दुई हजार सातसय रुपियाँ मात्र राजस्व उठेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

छाडा गाईवस्तु पक्रनु, व्यवस्थापन गर्नु निकै खर्चिलो भए पनि लिलामबाट लागत पनि उठ्न सक्दैन । उपकरण जडान गरिएपछि महानगरका सडक अवरुद्ध गर्ने गरी आइपुगेका चौपायाको धनी को हो ? सजिलै पत्तालगाइ दण्ड जरिवाना गर्न सकिने र यस्ता चौपायाको व्यवस्थापन सहज रुपमा हुने आशा महानगरपालिकाले गरेको छ ।

छाडा चौपायालाई संरक्षण गर्दै आएको स्नेहा केयर (नख्खु)का प्रमुख स्नेहा श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले यही फागुन २२ गते सडकका छाडा चौपायालाई अन्नपानी र दानाको व्यवस्था गरेर संरक्षण गर्नु भन्ने सरकारका नाममा परमादेश जारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);